काठमाण्डु – मालपोत कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत नायव सुब्बा ओमबहादुर खाम्चाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । जग्गाको नामसारी गरिदिएबापत सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको पुष्टि भएपछि अख्तियारले आईतबार विशेष अदालत काठमाण्डुमा आरोपपत्र दायर गरेको हो । नासु खाम्चाले जीर्ण श्रेस्ता कायम गर्ने तथा अपुताली जग्गा नामसारी गर्ने प्रयोजनका लागि…