सन्दीप लामिछानेको नयाँ कीर्तिमान, एकदिवसीयमा सबैभन्दा छिटो १५० विकेट लिने खेलाडी बने

काठमाण्डु - नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले विश्व क्रिकेटमा अर्को कीर्तिमान बनाएका छन्। उनी एकदिवसीयमा सबैभन्दा छिटो १५० विकेट लिने खेलाडी बनेका छन्। काठमाण्डुमा जारी विश्वकप लिग–२ अन्तर्गत सोमबार स्कटल्याण्डका ब्रेन्डन म्याकमुलनको विकेट लिँदै सन्दीपले यो कीर्तिमान बनाएका हुन् । यस्तै उनले ७४ टी-२० आई खेलमा १३६ विकेट लिएका छन् । म्याकमुलेनलाई ७३…