प्रमुख प्रतिपक्षको अवरोधपछि मधेश प्रदेशसभा बैठक स्थगित

जनकपुरधाम – लामो समयपछि बुधबार बसेको मधेश प्रदेश सभाको बैठक पुनः स्थगित गरिएको छ । बुधबारदेखि सुरु हुने भनिएको पाँचौं अधिवेशनको पहिलो बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षले उभिएर विरोध जनाएपछि भोलि बिहीबारसम्मका लागि स्थगित भएको छ । जसपा नेपालका सांसद रामअशिस यादवले १ महिना २४ दिनअघि सभामुखले नै छानबिन समिति बनाउने निर्णय गरेको स्मरण गराउँदै…