पानी माग्न खानेपानी मन्त्रालय पुगे हर्क साम्पाङ

काठमाण्डु- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रित्तो गाग्रीबिना सिंहदरबारस्थित खानेपानी मन्त्रालय पुगेका छन् । मंगलबार सिंहदरबार अगाडि पुगेका साम्पाङको रित्तो गाग्री प्रहरीले खोसेपछि उनी रित्तो गाग्रीबिनै सिंहदरबार छिरेका हुन् । उनी रित्तो गाग्रीसहित सिंहदरबार छिर्ने तयारी गरेको भए पनि खानेपानी मन्त्रालयभित्र गाग्रीबिनै पुगेका छन् । गाग्रीसहित प्रवेश गर्न नपाइने भएकोले उनलाई गाग्रीबिनै गेटबाट सुरक्षाकर्मीले प्रवेश…