गोरखा – गोरखा दरबारस्थित दशैंघरमा परम्पराअनुसार बिहीबार विधिपूर्वक फूलपाती भित्र्याइएको छ । साँझको शुभ साइतमा हर्षबढाइँका साथ गोरखा दरबारमा फूलपाती भित्र्याइएको गोरखाकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए । बिहीबार गोरखा दरबारबाट निस्किएको लावा लस्कर सहितको टोलीले तल्लोकोटस्थित फूलपाती चौतारबाट लगिएको फूलपाती दरबारको दशैंघरमा भित्र्याइएको उनले बताए । गोरखा दरबारका सुसारेले जंगलबाट जम्मा गरेको फूलपाती…