काठमाण्डु- दाङको स्वर्गद्वारी गुठीका मोही किसान फेरि आन्दोलित भएका छन् । सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिले आइतबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । दाङ देउखुरीबाट माघ १८ गते गौशालास्थित पशुपति धर्मशालामा आएर बसेका उनीहरु गौशाला क्षेत्रबाट रातोपुल, सेतोपुल, बिजुलीबजार हुँदै माइतीघर आइपुगेका हुन् । २०८० चैत…