काठमाण्डु - मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाकाबारे सोमबार मन्त्रिपरिषद् बैठकमा छलफल हुने भएको छ । सरकारले केही मन्त्रालय खारेज र केहीलाई गाभेर नयाँ नाम कायम गर्नेगरी तयारी अघि बढाएको छ । यसै विषयमा निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । सरकारले चार वटा मन्त्रालय खारेज गर्ने र ६ वटा मन्त्रालयको नयाँ नाम कायम गर्ने…