काठमाण्डु– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन शाहसमक्ष विस्थापित सुकुम्बासीका लागि ‘ज्ञ’ क्रान्तिको खाका माग गरेका छन् । शनिबार फेसबुकमा लेख्दै महासचिव पोखरेलले बस्तीमा डोजर चलाएर बिस्थापित गरिएका हजारौंलाई पुनः स्थापना गर्न ‘ज्ञ’ क्रान्तिको खाका आवश्यक रहेको बताए । उनले लेखेका छन् ‘वास्तविक क्रान्ति ज्ञ (ज्ञान) बाट सुरु हुन्छ,’ भन्ने प्रधानमन्त्रीले आजको यो संकटमा…