भारतका विदेश सचिव मिस्रीसँग नेपाली राजदूत शर्माको बिदाइ भेट

नयाँदिल्ली – भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले भारतीय विदेश सचिव विक्रम मिस्रीसँग बिदाइ भेट गरेका छन् । आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेका राजदूत शर्माले विदेश सचिव मिस्रीसँग शिष्टाचार भेट गरेका हुन् । भेटका क्रममा विदेश सचिव मिस्रीले नेपाल र भारतबिचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउन भारत प्रतिबद्ध रहेको पुनरावृत्ति गरे ।…