मोटरसाइकलको ठक्करबाट ५ वर्षीया बालिकाको मृत्यु

काठमाण्डु – मोटरसाइकलको ठक्करबाट सिरहामा ५ वर्षीया बालिकाको मृत्यु भएको छ । चोहर्वा–सिरहा सडकखण्डअन्तर्गत नरहा गाउँपालिका–३ खोरिया टोलमा सवारीसाधन दुर्घटनामा स्थानीय मोहम्मद देलालकी ५ वर्षीया छोरी खजिजा खातुनको मृत्यु भएको हो । बिहीबार दिउँसो करिब १२ बजे सिरहाबाट मिर्चैयातर्फ जाँदै गरेको प्र २–०१–००३ प ७६९६ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट पैदल हिँडिरहेकी खजिजालाई ठक्कर दिएको थियो…