काठमाण्डु– ट्राफिक नियम उल्लंघनबापत् असुल हुने जरिवानाको २५ प्रतिशत रकम ट्राफिक प्रहरीले विशेष भत्ताका रूपमा पाउने भन्ने दाबी निराधार रहेको नेपाल प्रहरीले स्पष्ट गरेको छ । प्रहरी प्रधान कार्यालयले विज्ञप्ति जारी गर्दै ट्राफिक नियम उल्लंघनबापत् संकलन हुने सम्पूर्ण जरिवाना रकम नेपाल सरकारको राजस्व खातामा जम्मा हुने र त्यसबाट ट्राफिक प्रहरीले कुनै अतिरिक्त सुविधा वा प्रतिशतका…