क्रिकेटर अफ्रिदीले गरे माउन्टेन फ्लाइट

काठमाण्डु - पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीले आइतबार बिहान माउन्टेन फ्लाइट गरेका छन् । कोरोना सङ्क्रमणको कारण लामो समयसम्म स्थगित माउन्टेन फ्लाइट यति एयरलाइन्सले आइतबारबाट अफ्रिदीसँगै सुरु गरेको हो । सगरमाथासहित दुई दर्जन अग्ला चुचुरोलाई काठमाण्डुबाट हुने उडानका दौरान हेर्न सकिन्छ । आइतबार बिहान त्रिभुवन विमानस्थलमा अफ्रिदीलाई कम्पनीका अधिकारीहरूले जहाजमा स्वागत गरेका थिए । आज कुल…