न्याय सेवा आयोगका २ सय ७५ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाण्डु – न्याय सेवाका २ सय ७५ कर्मचारीको एकै पटक सरुवा भएको छ । न्याय सेवा आयोगको शुक्रबार बसेको बैठकले सहसचिव, सहन्यायाधिवक्ता, जिल्ला न्यायाधिवक्ता, रजिस्ट्रार, श्रेस्तेदार लगायत एकैपटक यति ठूलो संख्यामा कर्मचारीको सरुवा गरेको हो । सरुवा हुनेमा कानुन समूहका राजपत्रांकित प्रथम श्रेणीका ८ जना, सरकारी वकिल समूह, राजपत्रांकित प्रथम श्रेणीका ७ जना, न्याय समूह,…