तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक विदा दिने मन्त्रिपरिषदको निर्णय

काठमाण्डु - सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको बुधवार बसेको बैठकले बिहिवार सार्वजनिक विदा दिने निर्णय गरेको हो । सरकारले ल्होसार पर्वको अवसरमा विदा दिने निर्णय गरेसंगै देशभरका सबै सरकारी कार्यालय र विदेशस्थित कुटनैतिक नियोग समेत बन्द रहनेछन् ।