कस्तो रहला आइतबार दिनभरको मौसम ? यस्ताे छ माैसम पूर्वानुमान

काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारकाे माैसम पूर्वानुमान गरेकाे छ । मुलुकभर मनसुनी वायुकाे प्रभावका कारण मौसम सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश १, बागमती र गण्डकी प्रदेशका केहि भागमा हल्का वर्षा भैरहेको छ। दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही…