विमानस्थल तोडफोड गर्ने एनआरएनका रमेश थापा धरौटीमा छुटे

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तोडफोड गरेपछि पक्राउ परेका एनआरएनका प्रतिनिधि रमेश थापालाई ५० हजार धरौटीमा छाडिएको छ । एनआरएनको नवौं अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन अष्ट्रेलियाबाट नेपाल आएका प्रतिनिधि थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा शनिबार तोडफोड गरेपछि प्रहरीले उनलाई पक्राउ गरेर थुनामा राखेको थियो । थपासँगै अष्ट्रेलियाबाट नेपाल आएकी एक महिलालाई भने २५ हजार…