काठमाडौं – लोक सेवा आयोगले स्थानीय तहमा गरेको विज्ञापनविरुद्ध परेको रिटमा सर्वोच्चले लिएको निर्णयप्रति नेपाल आदिवासी जनजाति महासंघले सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । लोक सेवाको विज्ञापनलाई लिएर सुरुदेखि नै रुष्ट महासंघले अध्यक्ष जगतबहादुर बरामद्वारा हस्ताक्षरित एक विज्ञप्ति जारी गर्दै सर्वोच्चको फैसलाप्रति चर्को असन्तुष्टि व्यक्त गर्दै सर्वोच्चको निर्णयविरुद्ध आन्दोलन चर्काउने चेतावनी दिएको हो ।…