मानव अधिकार आयोगले भन्यो- इन्काउन्टरले कानुनी राज्यको उपहास

काठमाडौं– नेपाल प्रहरीबाट पछिल्लो समयमा इन्काउन्टर बढिरहेका बेला राष्ट्रिय मानवअधिकार आयोगले कानुनी राज्यको उपहास भएको टिप्पणी गरेको छ। पछिल्लो समय मात्र प्रहरीले नेत्र विक्रम चन्द समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको इन्काउण्टर गरी ज्यान लिएको थियो। आयोगका अध्यक्ष अनुपराज शर्माले इन्काउण्टरको संस्कृति विकास हुँदै जाँदा कानुनी राज्यको उपहास हुने भन्दै सरकार र मातहतका निकायलाई त्यस…