प्रधानमन्त्री कार्की र कतारका समकक्षी शेखबिच टेलिफोन वार्ता

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गरेकी छन् । प्रधानमन्त्री कार्कीले बिहीबार दिउँसो कतारका समकक्षी अल–थानीलाई टेलिफोन गरी पश्चिम एसिया क्षेत्रमा पछिल्ला दिनमा विकसित पछिल्ला घटनाक्रमप्रति चिन्ता व्यक्त गरिन् । प्रधानमन्त्री कार्कीले कतारमा रहेका ३ लाख ६० हजार नेपाली नागरिक सुरक्षा तथा संरक्षण उपलब्ध गराएकोमा नेपाल सरकार…