आन्तरिक राजस्वले सुमार्गीलाई भन्यो- ४ अर्ब ३१ करोड लाभकर तिर्नु

काठमाडौं– आन्तरिक राजस्व कार्यालयले व्यवसायी अजेयराज सुमार्गीलाई ४ अर्ब ३१ करोड ९५ लाख रुपैयाँ लाभकर तिर्न पत्राचार गरेको छ। एनसेलको सेयर खरिद—बिक्रीमा सुमार्गीले आफ्नो कम्पनी ‘हेल्लो नेपाल’ ब्राण्डको जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी ‘नेपाल स्याटेलाइट टेलिकम’को लाभकर नतिरेपछि आन्तरिक राजस्वले उनको कम्पनीको नाममा १५ दिने सूचना जारी गरेको हो। नेपाल स्याटेलाइटको ७५ प्रतिशत स्वामित्व साइप्रसस्थित…