ललितपुर -ललितपुर महानगरपालिका सुनाकोठीमा जुवातास खेलिरहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-२७ सुनाकोठीस्थित रामेछाप घर भएका मानबहादुर श्रेष्ठको अस्थायी टहरामा जुवातास खेलिरहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ हाे । महानगरीय प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले उनीहरुलाई ४७ हजार ९ सय ३० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको छ ।…