काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सवारी आगमनमा अवरोध गरेकाले गुठी विधेयकको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सामान्य बल प्रयोग गरेको बताएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा सरकारको तर्फबाट जवाफ दिँदै गृहमन्त्री थापाले सार्वजनिक आवागमनलाई अवरोध गरेका कारण पानीको फोहरा प्रहार गरेको बताए । उनले प्रदर्शनका क्रममा कानुन विपरित बल प्रयोग गर्ने र अभ्रद व्यवहार गर्ने…