खोटाङ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षकले विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नु भनेको देशमाथि खेलवाड गर्नु भएको बताएका छन् । सोमबार खोटाङको रावाबेँसी गाउँपालिका–२ खार्पा्स्थित शारदा माविको ६७औँ वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटित गराउने काम शिक्षकको भएको बताए । उनले विद्यालय जागिर मात्रै खाने ठाउँ नभई देश बनाउने ठाउँ…