काठमाडौं–सरकारले श्रम तथा रोजगार क्षेत्रसँग सम्बन्धित गुनासोलाई तत्काल सम्बोधन गर्न ‘कल सेन्टर’ सञ्चालनमा ल्याएको छ । वैदेशिक रोजगार बोर्ड सचिवालयको व्यवस्थापनमा सिंहदरबारस्थित श्रम मन्त्रालयमा सञ्चालनमा ल्याइएको उक्त सेन्टरबाट असल श्रम सम्बन्ध, आन्तरिक तथा वैदेशिक रोजगार र सामाजिक सुरक्षा क्षेत्रसँग सम्बन्धित सेवाग्राही एवं सरोकारवालाका समस्या, जिज्ञासा, गुनासा र सुझावलाई प्रत्यक्ष सङ्कलन र सम्बोधन गरिनेछ । सो…