बाढी र पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध (सूचनासहित)

काठमाण्डु - विभिन्न भागमा आएको बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित भएका छन्। बाढी र पहिरोले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डहरूमा यातायात अवरुद्ध भएको छ। नेपाल प्रहरीका अनुसार कोशी प्रदेशको भोजपुर र सङ्खुवासभामा यातायात प्रभावित भएको छ। भोजपुर नगरपालिका–५, बोखिममा बाढीका कारण मध्य पहाडी लोकमार्ग एकतर्फी मात्र सञ्चालनमा छ ।…