भूकम्पका चार वर्ष : ५० % निजी आवास पुनर्निर्माण, पुनर्निर्माणका लागि थप ४२९ अर्ब आवश्यक

काठमाडौं– नेपालमा विनाशकारी भूकम्प गएको चार वर्षमा पुनर्निर्माणको काम तीव्र गतिमा बढेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त निजी घर, सार्वजनिक आवास तथा सम्पदाको पुनर्निर्माणलाई तीव्रता दिएको हो। भूकम्प १२ वैशाख २०७२ मा गएको थियो। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार निजी आवास पुनर्निर्माणमा समग्रमा ८० प्रतिशत उपलब्धी हासिल भएको छ। ‘अनुदान सम्झौता गरेका…