स्कुटरलाई ठक्कर दिने पूर्वप्रधानमन्त्री चन्दको पछुवा गाडीलाई पाँच सय जरिवाना

काठमाडौं - गत शनिबार पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षामा खटिएको पछुवा गाडीले बबरमहलमा स्कुटरलाई ठक्कर दिएपछि,चन्दको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको भ्यान चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । शनिबार बिहान बानेश्वरमा चन्दको सुरक्षार्थमा खटिएको सशस्त्र प्रहरीको बा. १ झ ९५२७ को पछुवा गाडीले इमजेन्सी साईरन बजाएर बा ४५ प २९३४ नम्बरको स्कुटरलाई ठक्कर दिएर भागेको थियो…