काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनको हारलाई निराशामा होइन, संकल्पमा बदल्नुपर्ने बताएका छन् । जेठ ३ गते मनाइने मदन–आश्रित स्मृति दिवसको तयारीका सन्दर्भमा मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकलाई सम्बोधन गर्दै उनले संगठनले हारबाट सिकेर अझ सशक्त रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले नियमित रूपमा बल्खुस्थित पुरानो पार्टी कार्यालय रहेको स्थानमा…