काठमाण्डु– पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताएका छन्। बुधबार ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा एक भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले वर्तमान परिस्थितिको गम्भीरतालाई बुझ्न पर्ने बताएका हुन् । उनले भनेका छन्, 'यतिखेरको आम जनभावना यो छ कि मुलुकमा पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचन प्रक्रियातर्फ जानु उचित…