काठमाडौं -राष्ट्रियसभा निर्वाचनमा धेरै महिला निर्वाचित भएपछि प्रतिनिधिसभाको समानुपातिकतर्फ उनीहरूको संख्या केही घटेको छ। एमालेबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ दुई र राष्ट्रियसभामा ११ गरी १३ महिला निर्वाचित भएका छन्। कांग्रेसबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ महिला निर्वाचित नभए पनि राष्ट्रियसभामा ६ जना छानिएका छन्। माओवादीबाट भने प्रतिनिधिसभा र राष्ट्रियसभामा तीन–तीन महिला निर्वाचित भएका छन्। नेपालको संविधानको धारा ८४ को उपधारा…