काठमाडौं – टुँडिखेल क्षेत्र अतिक्रमण हुँदै गएकाले संरक्षण गर्न सरकारलाई दबाब दिने उद्देश्यले टुँडिखेललाई मानव साङ्लोले घेरिएको छ । विश्व स्वतन्त्र दिवसको अवसर पारेर ‘अकुपाई टुँडिखेल’नाम दिइएको अभियानमा ३ हजार जनाको मानव साङ्लो बनाएर घेरिएको हो । टुँडिखेल बचाउ अभियानअन्तर्गत नागरिक अभियान्ताले शनिबार बिहान आठ बजे टुँडिखेल घेराउ गरेका हुन् । साँस्कृतिक झाँकीसहित सुरु भएको…