काठमाण्डु - सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेको छ । बिहीबार १ सय रुपैयाँले मात्रै घटेको सुनको भाउ शुक्रबार ३ हजार रुपैयाँले घटेर प्रति तोला ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार सुनको भाउ तोलाको ३ लाख ६ हजार ५ सय रुपैयाँ थियो ।…