संविधानसभा भंग होस भन्नेमा अदृश्य शक्तिले दबाब दिएका थिए : पूर्वराष्ट्रपति यादव

काठमाडौं - गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधान, लोकतन्त्र, गणतन्त्र, सङ्घीयता र समावेशी समानुपातिक सिद्धान्तको मर्म र भावनालाई पूर्णरुपमा आत्मसात गरेर काम गर्न सरकार र राजनीतिक दललाई सुझाव दिएका छन् । समाजवादी जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रेमबहादुर सिंहको कृति ‘संविधान निर्माण घटना र अनुभूति’ को शनिबार काठमाडौंमा विमोचन गर्दै उनले भने,‘२०६२-६३ सालको…