काठमाण्डु- परराष्ट्र मन्त्रालयले सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताएको छ । शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले लिम्पियाधुरा, लिपुलेक र कालकापानी क्षेत्रको समस्याबारे नेपाल सरकार प्रष्ट रहेको बताएका हुन् । सरकारले भारत र चीनलाई आफ्नो अडान कूटनीतिक माध्यमबाट पुनः अवगत गराइसकेको उनले बताए…