गण्डकीमा गाँजाखेती र घरेलु मदिराले पायाे कानुनी मान्यता, कानुन कार्यान्वयनको पर्खाइ

कास्की- घरेलु मदिरासम्बन्धी ऐन बनेको झण्डै एक वर्षपछि गण्डकी प्रदेशसभाबाट गाँजाखेतीलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक बिहीबार पारित भएको छ । यससँगै गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती गर्ने कानुनी बाटो खुलेको छ । घरेलु मदिरालाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक गत वर्ष साउनमा प्रदेशसभाबाट पारित भएको थियो भने सोसम्बन्धी नियमावली…