बजेट पारित भएपछि प्रधानमन्त्रीले केही मन्त्रीहरु हेरफेर गर्नुहुन्छ : प्रचण्ड

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बजेट पारित भएपछि प्रधानमन्त्रीले केही मन्त्रीहरु हेरफेर गर्ने बताएका छन् । बजेटपछि सरकार पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट प्रधानमन्त्री र आफुबीचमा कुराकानी भएको भन्दै प्रचण्डले सो कुरा बताएका हुन् । कास्कीमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री हेरफेर हुन सक्नेबारेमा पत्रकारले राखेको जिज्ञासामा प्रचण्डले पुनर्गठनबारे अहिले नै…