काठमाडौं – सर्वोच्च अदालतले लोकसेवाको विज्ञापनविरुद्ध परेको चार वटा रिट निवेदनको फाइल एक साथ पेश गर्न आदेश दिएको छ । बुधबार संयुक्त छलफल गरेर न्यायाधीशद्वय हरिकृष्ण कार्की र इश्वर खतिवडाको संयुक्त इजलासले साे निर्देशन दिएको हाे । लोक सेवा आयोगले समावेशी सिद्धान्त पालना नगरी विज्ञापन गरेको भन्दै अधिवक्ताहरू जगदेव चौधरी, विकास ठाकुर र राजाराम घिमिरेले…