काठमाडौं – नेपाल पत्रकार महासंघले सरकारले सदनमा दर्ता गराएको मिडिया काउन्सिल सम्बन्धी विधेयक विरुद्ध दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । ‘पहिलो चरणको आन्दोलन सम्पन्न हुँदासमेत सरकारले जायज मागहरु सम्बोधन गर्नेतर्फ कुनै गम्भीरता देखाएको छैन’, महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘समस्या समाधान गर्न सरकार सकारात्मक नदेखिएकाले महासंघले दोस्रो चरणको आन्दोलन घोषणा…