सामाजिक सञ्जालको दुरुपयोगले हिंसा बढ्योः एसएसपी सुवेदी

काठमाडौं – प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले सामाजिक विकृतिबाट सृजित अपराध बढेको बताएका छन् । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आइतबार काठमाडौंको कालिकास्थानमा आयोजित अन्तरक्रियामा उनले लागूऔषध दुव्र्यसन, समाजिक सञ्जालको बढ्दो दुरुपयोग जस्ता कारणले हिंसाजन्य घटनामा वृद्धि गरेको बताए । उनले हत्या, हिंसा र बलात्कारका घटना गत वर्षको भन्दा दोब्बर बृद्धि भएको बताए…