रुपन्देही - प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकारले चरणबद्धरुपमा कार्यक्रम सन्चालन गर्ने बताएका छन् । लुम्बिनीमा शनिबार आयोजित बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस र लुम्बिनी भ्रमण वर्ष २०७६ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले लुम्बिनीलाई ध्यान र ज्ञान क्षेत्रकारुपमा विकास गर्दै विश्व समुदायसँग अन्तर्राष्ट्रिय सम्मेलन गर्नेबारे छलफल भइरहेको बताए । उनले लुम्बिनी…