अखिल(क्रान्तिकारी)द्वारा सहिद वेनोज पुस्तकालयलाई १ लाख हस्तान्तरण

काठमाडौं – माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)ले आफ्ना तत्कालीन उपाध्यक्ष एवम् सहिद वेनोज अधिकारीका नाममा स्थापित पुस्तकालयका लागि रु १ लाख १ हजार हस्तान्तरण गरेको छ । आज राजधानीमा आयोजित १७ औं वेनोज स्मृति दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङले वेनोज प्रतिष्ठानकी अध्यक्ष समेत रहेकी आमा हरिमाया अधिकारीलाई सो रकम हस्तान्तरण गरेका हुन् ।…