गौचन हत्यामा संलग्न सुटरसहित पाँच जना सार्वजनिक, मुख्य अभियुक्त अझै फरार

काठमाडौं–प्रहरीले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न रहेको अभियोगमा पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।   प्रहरीले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी गौचन हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेका नुवाकोट पञ्चकन्या गाउँपालिका ५ का राजीव स्याङ्तान, पर्सा कालिकामाई गाउँपालिका १ का शिवजी महतो, भारत विहार बेतिया चौबेटोलाका मुकेशकुमार पाण्डे,…