काठमाण्डु- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार तेस्रो कारोबार दिन पनि घटेको छ। मंगलबार ३९ अंक र बुधबार ४ अंकले घटेको बजार बिहीबार थप १० अंकले ओरालो लाग्दै २७३० विन्दुमा पुगेको हो। बजार घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। बुधबार २ अर्ब ८० करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ३ अर्ब २९…