अमेरिकामा श्रीमद्भभागवत महायज्ञ हुने

काठमाण्डु- अमेरिकाको न्यूयोर्कमा बसोबास गर्ने नेपाली समुदायले श्रीमद्भभागवत कथा वाचन कार्यक्रम आयोजना गर्ने भएको छ । क्रियापुत्री भवन तथा बौद्ध धर्मावलम्बीहरूका लागि गुम्बा निर्माण गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिने भएको छ । ‘हामी नेपाली इन्टरनेशनल’ को आयोजना तथा ‘रिभिल इभेन्ट्स आईएनसी’ को सहकार्यमा न्यूयोर्कको वुडसाइडस्थित श्री दिव्यधाम मन्दिरमा यो कार्यक्रम हुन लागेको हो ।…