प्रतिनिधिसभा बैठक भोलि बिहान बस्ने गरी स्थगित

काठमाण्डु – प्रतिपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ संसद्मा उपस्थित हुनुपर्ने सुनिश्चितता माग गर्दै प्रतिनिधि सभामा अवरोध गरेकाले बैठक भोलिसम्मका लागि स्थगित भएको छ । सभामुख डीपी अर्यालले प्रतिपक्षी दलहरूलाई सभा सञ्चालनमा सहयोग गर्न पटक–पटक आग्रह गर्दा पनि अवरोध नहटेपछि भोलि बिहीबारसम्मका लागि बैठक स्थगित भएको छ । सभामुख अर्यालले अर्काे बैठक वैशाख ३१ गते…