इरानद्वारा हर्मोज जलसन्धि पुन: बन्द गर्ने घोषणा, अमेरिकामाथि आरोप

तेहरान – इरान र अमेरिकाबिचको तनाव बढेका बेला इरानले विश्वकै महत्त्वपूर्ण व्यापारिक मार्ग हर्मोज जलसन्धि पुन: बन्द गरेको घोषणा गरेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी समुद्री डकैतीका कारण जलसन्धिको नियन्त्रण पुन: आफ्नो पूर्ववत् अवस्थामा फर्किएको जनाएको हो । इरानी बन्दरगाहहरूमा अमेरिकाले निरन्तर नाकाबन्दी गरिरहेकाले त्यसको जवाफमा हर्मोज जलसन्धि बन्द गरिएको…