काठमाण्डु - मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको म्याग्दी खण्ड अवरुद्ध छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ माथिल्लो बैसरी (सिरुवारी)मा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा गाडी चल्न सकेका छैनन् । सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङतर्फ र जोमसोमदेखि बेनीतर्फ चल्ने गाडी बीच बाटोमै रोकिएका हुन् । स्थानीयवासीको साथै मुस्ताङ भ्रमण तथा मुक्तिनाथ…