गगन थापाको प्रस्टीकरण : अर्जुननरसिंहलाई समानुपातिकमा राख्ने निर्णय मेरो इच्छा विपरीत

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेता अर्जुननरसिंह केसीलाई समानुपातिक सूचीमा राख्न आफूले भूमिका खेलेको भन्ने चर्चालाई पूर्णत: निराधार बताएका छन् । मंगलबार साँझ सामाजिक सञ्जाल फेसबूकमा लेख्दै उनले केसीलाई समानुपातिकमा राख्ने निर्णय आफ्नो अनुरोध र हरसम्भव प्रयासको विपरीत भएको दाबी गरे । हल्लाको खण्डन र स्पष्टीकरण महामन्त्री थापाले आफ्नो प्रयासमा केसीलाई समानुपातिकमा राखिएको…