काठमाण्डु – खानेपानीमन्त्री प्रदीप यादवले सडक जाम, प्रदूषण र अस्वस्थ जीवनशैलीको समस्याबीच साइकल यात्राको महत्त्व झनै बढ्दै गएको बताएका छन् । काठमाण्डुमा मारवाडी समिति नेपाल अन्तर्गतको संस्था मारवाडी युवा मञ्चद्वारा विश्व साइकल दिवस तथा विश्व वातावरण दिवसको अवसर पारेर ‘वातावरणको रक्षा, हाम्रो दायित्व हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ आयोजना गरिएको साइकल यात्रा कार्यक्रमलाई सम्बोधन गर्दै…