काठमाण्डु - हुम्लाको नाम्खा गाउँपालिकाको तिल गाउँमा नयाँ हिमताल भेटिएको छ । ५३५० मिटरको उचाईमा नयाँ हिमताल भेटिएको हो । हुम्लामा गत साता आएको बाढी पहिरोको अध्ययन गर्न गएको प्राविधिक टोलीले नयाँ हिमताल भेटाएका हुन् । प्राविधिक टोलीले हिमताल स्थानसम्मै पुगेर अध्ययन गरेको छ । यसअघि स्थानीय युवाहरूले दुई वटा हिमताल भेटिएको बताएकामा अध्ययन टोलीले…